ओलीलाई प्रचण्डले हटाउँदै, चीन र भारतको समर्थनमा प्रधानमन्त्री हुँदैछन् : डा. विष्णु दाहाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

ओलीलाई प्रचण्डले हटाउँदै, चीन र भारतको समर्थनमा प्रधानमन्त्री हुँदैछन् : डा. विष्णु दाहाल (भिडियोसहित)

kharo prashna with bishnu dahal

काठमाडौं, २३ माघ । नेपाल अहिले दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको कारणले गर्दा निकै चर्चामा परेको छ । भेनेजुएलाको विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य जारी गरे र त्यसैलाई टेकेर सरकारले पनि वक्तव्य जारी गर्यो । त्यस विषयमा वादबिवाद चलिरहदा नेकपाको बैठकले अध्यक्ष दाहालले जारी गरेको वक्तव्यलाई ठिक छ भनेर अनुमोदन गर्यो । यसपछि नेपालमा दुई खालको बहस भएको देखिन्छ । नेकपा भित्रका नेताहरुले हामी साम्राज्यवादको संरक्षण गर्ने कि समाजवादलाई गर्ने भनेर अडान लिइरहेका छन् । भने नेपाली काँग्रेसले संसदिय दलको बैठकनै बसेर अमेरिकाको समर्थन गरेको छ । यी दुई बहसले नेपाललाई दुई भागमा विभाजित गरेको छ । प्रचण्डले त्यति बेला वक्तव्य जारी गरे जुन बेला नेपालमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवै थिएनन् र उनि स्वयम पनि बिरामी थिए । उनले जारी गरेको वक्तव्यको मूल आशय के थियो ? प्रचण्डले किन त्यसरी हतारिदै वक्तब्य जारी गरे ? यसको पछाडीको कारण के हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा. विष्णु दाहालसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);