काठमाडौं, ३० पौष । नेपाली काँग्रेस महासमितिको बैठकबाट निस्किदा अब हामी मिलेर निस्कियौ भनेर दुई नेताहरु सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका थिए । त्यसपछि उनीहरुले छलफल र अन्तरक्रिया पनि त्यही ढंगले गरेका छन् । सदन र सडकमा पनि हामी देखिने गरि उपस्थित हुन्छौ भनेर उनीहरुले भनेका छन् । यस्तो प्रतिक्रिया आइरहदा हिजो काँग्रेसले के त्यस्तो चिज प्राप्त गरेको थिएन जसले गर्दा उ सुनियो तर देखिएन र आज देखिने, सुनिने र अनुभूत गर्ने हुँदैछ ? महासमितिको बैठक पछि काँग्रेस त्यस्तो के उर्जा पायो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता धनराज गुरुङसँग गरेको कुराकानी हेर्नुहोस् :




