काठमाडौं, २४ पौष । वाइडबडीमा घोटाला भयो भनेर संसद्को सार्बजनिक लेखा समितिले गठन गरेको उपसमितिले अहिलेको बहालवाला मन्त्री र पहिलेको दुई जना मन्त्रीहरुलाई दोषी ठहर गर्यो । तर, त्यै उपसमितिले तयार परेको प्रतिवेदनलाई समितिले मन्त्रीहरु यसमा दोषी छैनन् भनेर नाम उल्लेख नगरी बाँकी कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग समक्ष कारबाहीको सिफारिश गरेको छ । यस पछि यो विषय चोटिलो बन्दै गईरहेको छ । पर्यटन मन्त्रीले पत्रकार सम्मेलन गरेर विमान खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए पछि त्यसको केहि घण्टा पछि लेखा समितिले मन्त्रीहरु दोषी छैनन् भनेर रिपोर्ट सार्बजनिक गर्यो । मन्त्रीको स्पष्टीकरण र लेखा समितिको प्रतिवेदन आइसकेपछि अब वाइडबडी प्रकरण यही सक्किएको हो ? हामी कहाँ भ्रष्टाचार नियन्त्रण गर्ने निकाय कति सक्रिय छन् ? त्यसमा संसद र राजनीतिक दलको कति प्रतिबद्धता छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष खेमराज रेग्मीसँग गरेको कुराकानी हेर्नुहोस् :
वाइडबडीमा कर्मचारी मात्र दोषी होइनन्, सरकारको दबावमा लेखा समिति पर्यो (भिडियोसहित)
ताजा समाचार
नागढुंगाबाट लागुऔषधसहित दुईजना पक्राउ
१७ घन्टा अघि
नेकपाले एकपटक देशको नेतृत्व गर्छ : विप्लव
१७ घन्टा अघि
रास्वपाले बनायो ‘संविधान परिमार्जन सुझाव कार्यदल’
१९ घन्टा अघि
संसद्मा २ वर्षमा १७ वटा विधेयक मात्रै पारित
१९ घन्टा अघि