जन्म र विवाह दर्ता गर्न अनावश्यक झन्झट | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

जन्म र विवाह दर्ता गर्न अनावश्यक झन्झट

काठमाडौं, १६ पुस । जन्म र बिवाह दर्तामा स्थानिय तहले अनावश्यक कागजपत्र माग्ने गरेकाले सरकारी काम झन्झटिलो भएको सरोकारवालाहरुले गुनासो गरेका छन ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जन्मदर्ता र विवाह दर्ता सजिलै हुन नसक्दा नागरिकहरुले निकै झण्झट व्यहोर्नु परेको बताए । स्थानीय तहले अनावश्यक कागजपत्र माग्ने र जहाँ घटना घटेको हो त्यही दर्ता गराउनुपर्छ भनि फर्काउने गरेको गुनासो सुनिने गरेको पनि सरोकारवालाहरुको भनाई छ ।

जन्म दर्ता र विवाह दर्ताको बारेमा राम्रोसँग जनाकारी नपाउँदा धेरै बालबालिकाहरु राज्यबाट पाउने सेवा सुबिधा र अधिकारबाट पनि बञ्तिच हुन परेको कार्यक्रमका सहभागीहरुले बताए ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);