काठमाडौं, ८ पुस । पुर्व राष्ट्रपति डाक्टर रामवरण यादवले धर्म परिवर्तनको क्रम बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।
शनिबार जनकपुरधाममा नेपाल जेसिजको ४५ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्ने क्रममा पुर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिन्ता व्यक्त गरेका हुन् । उन्ले संविधान अनुसार संघिय कानूनको निमार्ण गरी त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना अनुसार धेरै कुरा गर्न बाँकी रहेको र विधिको शासन स्थापना गर्न जरुरी रहेको बताए ।
नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनवाट नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन पुष १० गते सम्म चल्नेछ ।




