विष्णु रिमाललाई नारायणकाजीको प्रश्न- ‘तपाई परमेश्वरको प्रतिनिधि हो ?’ | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

विष्णु रिमाललाई नारायणकाजीको प्रश्न- ‘तपाई परमेश्वरको प्रतिनिधि हो ?’

Narayan-kaji-bishnu

काठमाडौं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को जारी स्थायी समिति बैठकमा नेताहरूबीच आरोप–प्रत्यारोप जारी छ।

शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालप्रति कटाक्ष गर्दै ‘परमेश्वरको प्रतिनिधि’ भएको टिप्पणी गरे।

‘एकजना कामरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति विनम्र हुनै सकिँदैन भन्नुभो। त्यस्तो अभिव्यक्ति गलत छ’, रिमालको अभिव्यक्तिप्रति लक्ष्य गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘सामन्ती सोच र संस्कृति भएको शासकले मात्र आफूलाई परमेश्वरको प्रतिनिधि ठान्छ, त्यस्ताले आत्मालोचना गर्ने कुरै हुन्न।’

उनले प्रश्न गरे, ‘के तपाईले आफूलाई त्यस्तै ठान्नुभएको हो? त्यस्तो सोच एवं अभिव्यक्ति हामी कम्युनिस्टहरूको होइन र हुनै सक्दैन।’

सरकार र पार्टी नेतृत्वको सफलता तथा उपलब्धिको चर्चा गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले बिहीबारको बैठकमा आत्मनिन्दा मात्रै गरेर खुइल्याउने काम नगर्न चेतावनी दिएका थिए। याे खबर नयाँ पत्रिकामा छ।