संविधान लागू गराउन कांग्रेस जिम्मेवार बन्नु पर्छ : पूर्व राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

संविधान लागू गराउन कांग्रेस जिम्मेवार बन्नु पर्छ : पूर्व राष्ट्रपति

काठमाडौं, २७ मंसिर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू गराउन जिम्मेवार बन्न नेपाली काँग्रेसलाई सुझाव दिएका छन् ।

पूर्व राष्ट्रपति यादवले नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व काँग्रेसकै भएको बताए । उनले आफूले जारी गरेको नयाँ संविधान निकै अग्रगामी भएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक लागू गरे मुलुक सफल राष्ट्र बन्ने विश्वास व्यक्त गरे ।

पूर्व राष्ट्रपति यादवले काँग्रेस नेतृत्वलाई गुटउपगुट अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न पनि सचेत गराएका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली काँग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

नेपाली काँग्रेसको नेतृत्वले आफ्नै कार्यकर्तालाई दुस्मनजस्तै व्यवहार गर्ने गरेको भन्दै उनले चिन्ता पनि व्यक्त गरे । उनले सो पुस्तक विमोचन कार्यक्रम तराई, मधेशमा नगरेर काँग्रेसले त्यहाँको कार्यकतालाई पनि बिर्सदै गएको बताए ।


पूर्व राष्ट्रपति यादवले काँग्रेस जनतामा नगएको उल्लेख गर्दै आफूलाई असाध्य चिन्ता लाग्ने गरेको उनको भनाइ थियो । उनले काँग्रेस महासमिति बैठक तराई मधेशमा नगरेर किन काठमाडौंमा आयोजना गरिएको भनि काँग्रेस नेतृत्वलाई प्रश्न गरे ।

पूर्व राष्ट्रपति यादवले वरिष्ठ नेता पौडेलको पुस्तक उपयोगी रहेको भन्दै त्यसलाई पढेर पार्टीलाई सशक्त बनाउन पनि काँग्रेस नेतृत्वको ध्यानाकर्षण गराए । कार्यक्रममा बोल्दै पुस्तकका लेखक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र पुनर्निर्माण अभियान सुरु गर्न आफूले पुस्तक लेख्नु परेको बताए ।

उनले पुस्तकमा कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद र आफूहरुले भन्ने गरेको समाजवादबीचको फरकबारे पनि उल्लेख गरिएको जानकारी दिए ।

वरिष्ठ नेता पौडेलको सो पुस्तकमा काँग्रेसले अघि सार्दै आएको समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्य नयाँ संविधानमा उल्लेख गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);