पुल्चोकस्थित मन्त्री निवासमा १० वटा राजकीय अतिथि गृह बनाउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

पुल्चोकस्थित मन्त्री निवासमा १० वटा राजकीय अतिथि गृह बनाउने सरकारको तयारी

काठमाडौं, २० मंसिर । सरकारले पुल्चोकस्थित मन्त्री निवास परिसरमा १० वटा राजकीय अतिथि गृह बनाउने भएको छ । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्री निवास परिसर नजिकै रहेको नेपाल राष्ट्रिय पुस्तकालय छेउको सरकारी जग्गासमेत थप गरेर १० वटा राजकीय अतिथि ग्रह बनाउन लागिएको जानकारी दिए।

त्यसैगरी सोमबार बसेको मन्त्रीपरिषद बैठकले भैसैपाटीस्थित सैवु आवास क्षेत्रमा मन्त्री, राष्ट्रियसभा अध्यक्ष÷उपाध्यक्ष, सांसद, मुख्यमन्त्री, प्रदेश प्रमुखको आवास निर्माण गर्ने निर्णय गरेको छ । सैबुमा रहेको १ सय ४९ रोपनी चार आना जग्गामा ती आवासहरु बनाउने निर्णय गरिएको प्रवक्ता बास्कोटाले बताए ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बास्कोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्राहलय बनाउने निर्णय पनि गरिएको जानकारी दिए ।

मन्त्रीपरिषद बैठकले नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्ती सिफारिस गर्न तीन सदस्यीय छनौट समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

ताजा समाचार