करको दायरा फराकिलो बनाउने नीति अबलम्बन : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २२ २०८१, बिहीबार

करको दायरा फराकिलो बनाउने नीति अबलम्बन : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले करको दायरा फराकिलो बनाउने नीति अबलम्बन गरेको बताए । आर्थिक पत्रकार समाज सेजनको २१ औ बार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले करको भार नभई करको दायरा बढाईने बताए । उनले भौगोलिक र क्षेत्रगत रुपमा करको दायरा फराकिलो बनाउँदै प्रत्यक्ष लगानीलाई प्रभाव पार्ने कर प्रणालीका बारेमा थप विश्लेषण गरिने बताए ।

उनले नयाँ श्रम ऐनले औद्योगिक सम्बन्ध सुधार गर्न मद्दत पुर्याएको बताए । रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सम्झौताको दस्तावेजको रुपमा श्रम ऐन आएको भन्दै उनले करको फर्म भर्न झन्झट भयो भन्दैमा त्यसैलाई समग्र मुल्यांकनको आधार बनाउन नमिल्ने तर्क गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीले उठाउँदै आएका नीतिगत विषयहरु समावेश गरि आर्थिक नीति बनाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा आर्थिक क्षेत्रमा काम गर्दै आएका पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);