पप्पु कन्स्ट्रक्सन कालोसुचीमा | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

पप्पु कन्स्ट्रक्सन कालोसुचीमा

pappu

काठमाडौं, ३ मंसिर । नरह निर्माण कार्य समयमा गर्न नसकेको कारण ठेक्का तोडेको सिक्टा सिँचाई आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन  कम्पनीलाई कालोसुचीमा राख्ने निर्णय गरेको छ ।

कालोसुचीमा राख्ने निर्णय गरेको सदरका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय पिपिएमओ मा सिफरिस गरेको छ ।

आयोजना कार्यालयले सम्झौताअनुसार काम हुन नसेको भन्दै कात्तिक २१ गते पप्पुसँगको ठेक्का ताडेको थियो ।

पिपिएमओ कार्यालयले आयोजनाको मागबमोजिम कालोसुचीमा राख्ने निर्णय सदर गरेमा पप्पुले देशभरि कुनै पनि ठेक्कामा काम गर्न पाउनेछैन ।

सम्झौता गरी हाल काम गरिरहेका आयोजनामा भने कालोसुचीको निर्णयले कुनै असर गर्ने छैन।, आजको नागरिक दैनिकमा यो खबर छ ।