दुई दिन देखि काभ्रेका सामुदायिक तथा निजि विद्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

दुई दिन देखि काभ्रेका सामुदायिक तथा निजि विद्यालय बन्द

school

काभ्रेपलाञ्चोक, २६ कात्तिक । सोमबार काभ्रेपलाञ्चोक जिल्लाका अधिकांस विद्यालय बन्द रहे । कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको भन्दै काँग्रेस निकट नेपाल विद्यार्थी संघ काभ्रेले विद्यालय बन्द गराउँदा आइतबारदेखि जिल्लाभर पठनपाठन प्रभावित भएको छ । विद्यालय जान भनी हिंडेका विद्यार्थीहरु आधा बाटोबाटै फर्कन बाध्य भएका छन् ।

काभ्रेपलान्चोक स्थीत मण्डन देउपुर नगरपालिकाको तपेश्वर माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्यनरत विद्यार्थी कृष्ण ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर विगारेर बनाइएको कार्टुनलाई समाजिक संजाल फेसबुकमा सेयर गरेका थिए ।

जसका कारण प्रहरीले १६ बर्षिय ढकाललाई कार्तिक २० गते हिरासतमा लियो । नेबिसंघले यही विषयलाई लिएर ढकालको रिहाईको माग गर्दै आन्दोलन चर्काएको हो । जसका कारण दुई दिन देखि काभ्रेका सामुदायिक तथा निजि विद्यालयहरु बन्द छन् ।

मुलुकी अपराधसम्बन्धी संहिता २०७४ मा सामाजिक सञ्जालमा कसैको तस्वीर विगारेर पोष्ट गर्न प्रतिबन्ध लगाइएको छ । तर घटना अन्जानमा भएको भन्दै नेविसंघले माफी दिन प्रसाशनसंग माग गरेको छ । यही विषलाई दबाब दिन नेविसंघले विद्यालय नै बन्द गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।