टेकेन्द्र बस्याल, नेपालगन्ज, २१ कात्तिक । नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलसंग भेटघाट र छलफल कार्यक्रममाउद्योगीले बाँके, बर्दियालाई कर्णालीप्र देशमा मिसाउन आग्रह गरेका छन् ।
आज दिउँसो आयोजित कार्यक्रममाआफ्ना समस्या र माग राख्दै नेपालगन्जका उद्योगी, व्यापारीले कर्णालीप्रदेश नेपाल गन्जका उद्योगी, व्यापारीको उत्पादन र सामान खपत गर्ने र कच्चापदार्थ ल्याउने स्थान भएको बताए ।
उद्योगी, व्यापारीले भन्सार, औद्योगिक क्षेत्र निर्माणको कुरासंगै कर्णाली प्रदेशसंग व्यापार, व्यवसाय र आपसी मित्रता रहेको भन्दै कर्णाली प्रदेशमा बाँके बर्दिया मिलाउनुपर्ने आवाज उठाएका हुन् । ५ नम्बर प्रदेशको राजधानी दाङ्गभन्दै प्रस्ताव र समर्थन गरिएको तर अहिले आएर बुटवल बनाएको आक्रोस पोख्दै व्यापारीले सम्भव भए दाङ्ग नभए कर्णालीमा मिसाउनआग्रह गरे ।
निर्वाचनका समयमा पहिला राजधानी दाङ्ग भनेर बाँके, बर्दियालाई आश्वसन दिएको उद्योगीको तर्क छ । तर अहिले बुटवल पारेर जिल्लालाई विचल्लीमा पारिएको उनीहरुको भनाई छ । कर्णालीसंग व्यापार, किनमेल र आवतजावत मिल्ने भन्दै ५ नम्बर प्रदेश नभई ६ मा जान चाहेको सहभागीले बताए ।
नेपागन्जका उद्योगी व्यापारी बुटवल राजधानी हुँदा समग्र बाँके, बर्दियाको विकास र बजार खुम्चिएको बताए । वुटवल राजधानी बनाएपछि बाँके बर्दिया ओझेलमा परेको र प्रदेश सरकारको प्राथामिकतामा नपरेको बताएका थिए । उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले व्यापारी, उद्योगीले उठान गरेका विषयमा पहल गर्नु पर्ने सुझाव राखे ।
भेटघाट तथा छलफल कार्यक्रममा सँयौ उद्योगी, व्यापारीको सहभागीता रहेको थियो । अधिकाशले बाँकेलाई उचित सम्बोधन नगरिए प्रदेश नम्बर ६ मा जानु नै उत्तम विकल्प भएको तर्क गरे । उद्योगीको सुझावपछि मुख्य मन्त्री शंकर पोखरेलले प्रदेश सरकारबाट हुने सम्बोधन प्रदेशबाटै गरिने र संघबाट हुने सम्बोधनको संघमा सिफारिस गर्ने आश्वसन दिएका छन् ।
मुख्य मन्त्री पोखरेलले प्रदेश सरकारले नेपालगन्ज कोहलपुर समेटेर महानगरको योजना रहेको र एडिबीसंग यहाँको विकासका लागि छलफल भैईरहेकोले यी मास्टर प्लानबाट यहाँका उद्योगी, व्यापारीका समस्या समाधान हुने बताए ।
मंगलबार नेपालगन्ज स्थित रानी तलाउ बोटिङ्ग विहारको उद्घाटन गर्न आउएका मुख्य मन्त्री शंकर पोखरेलले आज विहान उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट र छलफल कार्यक्रमसंगै नेपमा पार्टी कार्यालय बाँकेले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा पनि सहभागीता जनाएका छन् ।