राष्ट्रिय सभाले मन्त्रि परिषदलाई संसद प्रति उत्तरदायी बनाउने गरि अवधारणा गर्यो तयार | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

राष्ट्रिय सभाले मन्त्रि परिषदलाई संसद प्रति उत्तरदायी बनाउने गरि अवधारणा गर्यो तयार

rastriya sava

काठमाडौं, १५ कात्तिक । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित ब्यबस्थापन तथा सरकारी आश्वाशन समितिले मन्त्रि परिषदलाई संसद प्रति उत्तरदायी बनाउने गरि अवधारणा तयार गरेको छ ।

समितिले आफ्नो अवधारणा बनाउन गठन गरेको उप समितिले तयार गरेको प्रतिवेदनमा प्रधानमन्त्रि सहित मन्त्रि परिषदका सदस्यले संघिय संसद्को बैठक तथा समितिहरुमा प्रतिबद्धता जनाई ब्यक्त गरेको सरकारी आश्वासनमा जवाफदेहि बनाउने व्यवस्था गरेको छ ।

समितिले नियमितरुपमा संसदमा हुने विषयगत काम कारबाही,संसदमा जवाफ दिदा ब्यक्त गरेको प्रतिबद्धता, समेतको अनुगमन गरि आवश्यक निर्देशन गर्न सक्ने गरि उपसमितिले प्रतिवेदनमा सुझाव दिएको छ ।

उप समितिले नेपालमा प्रचलित सबै कानुन त्यस कानुन अन्तर्गत बनेका नियम विनियम निर्देशिका तथा आदेशहरुको परिक्षण गर्न सक्ने गरि आफ्नो कार्य क्षेत्र पनि प्रस्ताव गरेको छ ।

उपसमितिले बुझाएको समितिको अवधारणामा मुख्य ३ वटा कामहरु गर्ने गरि प्रस्ताव गरेको छ ।