एजेन्सी, १३ कात्तिक । अमेरिकाले मेक्सिकोसँगको आफ्नो सीमामा ५ हजार २ सय सेना पठाउने भएको छ ।
मध्य अमेरिकी देशका आप्रवासीहरु मेक्सिको हुँदै उत्तरतर्फ अघि बढिरहँदा पेन्टागनले तिनलाई रोक्न ठूलो संख्यामा सेना पठाउने तयारी गरेको हो । त्यहाँ यसअघि नै २ हजार १ सय राष्ट्रिय सुरक्षाका सदस्य परिचालित रहेकोमा ट्रम्पको आग्रहपछि गत अप्रिलमा ती सदस्यहरुलाई बोर्डरमा परिचालन गरिएको थियो ।
ट्रम्पले सोमबार एक ट्वीट गर्दै अमेरिका प्रवेशका लागि अघि बढेको समूहमा आपराधिक समूह पनि रहेकोले वैधानिक बाटो अपनाएर मात्रै आउन आग्रह गरेका छन् । अमेरिकाको लागि अवैध आप्रवासी टाउको दुखाइको विषय बन्दै आइरहेको छ ।
आगामी नोभेम्बर ६ मा हुने निर्वाचनको परिणामलाई केन्द्रमा राखेर आप्रवासीको मुद्दालाई उठाएको आरोप पनि त्यहाँका राजनीतिक दलहरुले एकअर्कालाई लगाएका छन् ।