काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुन सकेनन् । अस्वस्थ्य भएका कारण उनी चियापान कार्यक्रममा उपस्थित हुन नसकेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अपरान्ह ३ बजे पछि चियापान समारोहमा उपस्थित हुने कार्यक्रम थियो । तर विरामी भएका कारण उनी उपस्थित हुन नसक्ने नेता पौडेलले कार्यकर्तालाई जानकारी गराएका थिए ।
यसैगरी नेकपाले आयोजना गरेको चियापान समारोहमा एक व्यक्तिले पर्चा फालेका छन् । कथित चियापान बहिष्कार गरौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा असन्तुष्ट समुहको अपिल लेखिएको पर्चा सो कार्यक्रम स्थलमा फालिएको थियो ।
चियापानको विरोधमा पर्चा बाँड्ने व्यक्ति पूर्व माओवादी केन्द्रका पोलिटव्युरो सदस्य युवराज सपल हुन् । पर्चा बाँडेको भन्दै नेकपाका कार्यकर्ताले उनीमाथि सामान्य हातपात समेत गरेका थिए । उनलाई पर्चा बाँडेको आरोपमा कार्यक्रम स्थलबाट बाहिर जान भनिएको थियो ।
यी हुन् पर्चा बाँड्ने युवराज सपल (फाइल भिडियो)
हरेक वर्ष नेकपाले दशै तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । नेकपाले शनिबार पनि यही सवसरमा राजधानीको भृकुटीमण्डपमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, बामदेव गौतम, सुवास नेम्वाङ्ग, पम्फा भुसाल, राम बहादुर थापा वादल लगातको उपस्थिति थियो ।
यतिमात्र नभइ चियापानमा सर्वसाधरण देखि नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी नेता कार्यकर्ता लगाएको उल्लेख्य उपस्थिति थियो । याे पार्टी एकता पछिको पहिलो चियापान समारोह हाे ।
यस्ताे थियाे पर्चा





