ओलम्पिक मेडलिस्ट ज्याक बोब्रिज लागु औषध अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

 

एजेन्सी, ९ भदौ । दुई पटकसम्म ओलम्पिक मेडल बिजेता बनेका साइक्लिस्ट ज्याक बोब्रिज, लागु औषधको मुद्दामा पक्राउ परेका छन् ।

 

बोब्रिजलाई आफ्नै देश अष्ट्रेलियामा ड्रग्सको कारोबार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

 

लागु औषध एम डि एम ए बिक्री वितरण गर्ने गरेको भन्दै २८ वर्षीय बोब्रिज बुधबार पर्थबाट समातिएका हुन् ।

 

शहरको बाहिरी भागमा रहेको उनको घर र जिममा छापा मारेर प्रहरीले लागु औषध पनि बरामद गरेको थियो ।

 

उनलाई बिहीबार अदालतले जमानत दिएको छ । उनी सेप्टेम्बरमा फेरी अदालतमा हाजिरी हुने छन् ।

 

लामो समय देखि प्रहरीको निगरानीमा रहेका उनी गैर कानुनीरुपमा यस कार्यमा सलंग्न रहेको शकां गरिएको थियो ।

 

गएको वर्ष नै बाथ रोगको समस्याका कारण उनले आफ्नो साइक्लिङ करिएरबाट अबकाश लिसकेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);