तीन तलासम्मको नक्सा पास न्यूनतम शुल्कमा | ईमाउण्टेन समाचार

Our Network

माघ ७ २०८१, सोमबार

तीन तलासम्मको नक्सा पास न्यूनतम शुल्कमा

butwal upamahanagar palika

वुटवल, ८ कात्तिक । वुटवल उपमहानगरपालिकाले एक हजार वर्गफिट क्षेत्रफल ओगटेका घरका लागि तीन तलासम्मको नक्सा पास न्यूनतम शुल्कमा गर्न शुरु गरेको छ ।

उपमहानगरपालिले आर्थिक वर्ष २०७५/७६ को नगरभित्र निर्माण गरिने नक्सा न्यूनतम शुल्कमा बनाएर १४ जनालाई बिहीवार हस्तान्तरण गरेको हो ।

नक्सा डिजाइन बापत भुई तलाका लागि ५ हजार देखि ८ हजार शुल्क तोकिएको छ । तोकिएको मापदण्डअनुसार घर बन्ने आशाले यस प्रकारको अभियान थालिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले बताए ।

निजी प्राविधिकले नक्सा डिजाइनका लागि उपमहानगरपालिकाले तोकेको भन्दा तीन गुणा बढी शुल्क लिने गरेका छन् । उपमहानगरपालिकाले नै प्राविधिक जनशक्ति करारमा राखेर सेवा दिईरहेको छ । नगरभित्र वार्षिक रुपमा झण्डै १ हजार ५ सय भन्दा बढी घर निर्माण हुने गरेको तथ्यांक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);