विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी भित्रको गुटबन्दी समाप्त गरेर अघि बढनुपर्ने बताएका छन् ।
सोमबार विराटनगरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले पार्टी भित्रको गुटबन्दी अन्त्य गर्न सकेमात्रै संगठन सुदृढीकरण हुने बताए ।
आन्तरिक गुटबन्दीका कारण निर्वाचनमा पराजय भोग्नुपरेपनि अझै पनि जनतामाझ कांग्रेसको अस्तित्व बलियो रहेको उनले दाबी गरे । उनले पार्टी सभापति सहित सबैले आ आफ्नै स्थानबाट आत्मसमिक्षा गर्नुपर्नेमा जोड दिए ।