कञ्चनपुर, २८ असोज । कञ्चनपुर प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीले बनवासा–गड्डचौकी नाकाको अनुगमन गरेका छन् ।
नाकामा दशैमा घर फर्किनेहरुले सास्ती खेपिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी सहितको टोलीले अनुगमन गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी सहितको सुरक्षा अधिकारीले बनवासा–गड्डचौकी नाकाको अनुगमन गरेका छन् ।
दशैंतिहार लगायतका चाडबाड मनाउन घर फर्किने नेपालीहरुले पश्चिमी नाका गड्डाचौकीमा सास्ती खेपिरहेको समाचार वाहिर आएपछि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी सहितका सुरक्षाअधिकारीले शनिवार सिमामा पुगेर अनुगमनमा गरेका हुन् । टोलीले बनवासास्थित भारतीय कष्टमका प्रमुख एके सिन्हासंग पनि भेटेर दशैंतिहार मनाउन घर फर्किरहेकाहरुले खेपिरहेको सास्तीका बारेमा अवगत गराएका छन् । नेपाली पक्षसंग भेटपछि बनवासास्थित कष्टम ईन्चार्ज एके सिन्हाले तल्लो तहका कर्मचारीहरुलाई निर्देशन दिइएको र अझै सहज बनाउन आफूले काम गर्ने प्रतिबद्वता जनाएका छन् ।
त्यसैगरी, कष्टम इन्चार्ज सिन्हले कष्टमका कर्मचारीहरुले घर फर्किनेहरुसंग सामान चेकजाँच गर्ने क्रममा पैसा लिने गरेको गुनासो आएपछि सबै कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।