वामदेवका लागि काठमाडाैं-७ मा उपनिर्वाचन : राज्यकोषको करोडौं खर्च हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

वामदेवका लागि काठमाडाैं-७ मा उपनिर्वाचन : राज्यकोषको करोडौं खर्च हुने

bamdev gautam

काठमाडौँ, २४ असोज । नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ ।

निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन्। त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो। त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन गराउँदा २ करोड ९१ लाख २४ हजार ३ सय ४८ रुपैयाँ खर्च हुनेछ।

त्यो खर्च भनेको निर्वाचन आयोगमार्फत हुने खर्च मात्रै हो। गृह र रक्षा मन्त्रालयमार्फत हुने सुरक्षा खर्च त्यसमा पर्दैन। सुरक्षामा पनि ठूलो धनराशिको खर्च हुनेछ। कान्तिपुर दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);