सप्तरी : शारीरिक अशक्त भएका ६० जनालाई धुर्मुस–सुन्तलीको राहत | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

काठमाडौँ, ९ भदौ । सप्तरीमा बाढीले प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सुन्तली उण्डेशनले राहत वितरण गरेको छ।

 

धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोग तथा समावेशी अपाङ्ग सङ्घ, सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको राहत वितरण कार्यक्रममा जिल्लाभरी बाढीबाट प्रभावित भएका ६० जना अपाङ्ग व्यक्तिलाई खाद्यान्न सामग्रीसहित राहत वितरण गरिएको हो।

 

सो संस्थाले सिरक डसना सहितको विस्तारा, ३० केजी चामल, दुई केजी दाल, दुई केजी खानेतेल, एक कार्टुन चाउचाउ, दाँत माझ्ने मञ्जन तथा पेस्ट लगायतका सामग्री वितरण गरेका हुन्।

 

सप्तरीमा रहेका छजना दृष्टिविहीन, ६ बहिरा, आठ बौद्धिक अपाङ्ग र सुस्तः मनस्थिति र शारीरिक अपाङ्गता भएका ४० जनालाई राहत वितरण गरिएको समावेशी अपाङ्ग सङ्घ, सप्तरीले जनाएको छ।