टि–२० विश्वकप छनोटमा नेपालकाे तेस्राे जित, थाइल्याण्ड १४० रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

टि–२० विश्वकप छनोटमा नेपालकाे तेस्राे जित, थाइल्याण्ड १४० रनले पराजित

nepal

काठमाडौं, २१ असोज । आईसीसी टि ट्वान्टी विश्वकपको एशीया उप क्षेत्रीय छनौटमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । आइतवार भएको खेलमा नेपालले थाइल्यान्डलाइ डकवर्थ एण्ड लुइसको नियमका आधारमा एक सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै एक सय ७२ रन बनायो । तुलनात्मक रुपमा कमजोर मानिएको थाइल्यान्ड विरुद्ध माथिल्लो क्रमका ब्याट्सम्यानले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । नेपालका कुनैपनि खेलाडीले अर्ध शतक प्रहार गर्न सकेनन् । नेपालले उत्कृष्ट सुरुवात गरेपनि त्यसलाइ निरन्त्रता दिन सकेन् ।

दुई दशमलब तीन ओभरमा २८ रन जोडेको नेपालले पहिलो विकेटका रुपमा अनिल शाहलाइ गुमाएको थियो । नेपालको पारीमा करण केसीले अविजीत ४०, शरद भेषावकरले ३४, दिपेन्द्र सिंह ऐरीले ३०, अनिल शाहले २५ र विनोद भन्डारीले १५ रन बनाए । कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल भने सस्तैमा पवेलिभन फर्किए । ज्ञानेन्द्रले सात र पारसले ५ रन जोडे । आरिफ शेख आठ रनमा मैदान बाहिरिए ।

नेपालले एक सय २८ रनमा सात विकेट गुमाएको थियो । तर, करण र सोमपाल कामीले आठौं विकेटका लागि ४४ रनको साझेदारी गरे । करणले आक्रमक ब्याटिङ गर्दै केवल १४ वलमा ४४ रनको योगदान दिए । दुइ चौका र चार छक्का प्रहार गरे ।

नेपालले दिएको १७३ रनको लक्ष्यसहित थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहदा खेल बर्षाले प्रभावित गरेको थियो । बर्षाले खेल रोकिनुअघि थाइल्याण्डले ८ ओभर ५ बलमा ९ विकेट गुमाएर १८ रन जोडेको थियो ।

नेपालका सन्दीप लामिछानेले ८ रन दिएर ५ विकेट लिए । यस्तै करण केसीले ३ तथा ललित राजवंशीले १ विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);