काठमाडौं, १२ असोज । भुटानमा आज देखि सुरू हुने साफ यू १८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र पाकिस्तान बीचको आजको खेल नेपाली समय अनुसार साँझ ७:१५मा सुरु हुनेछ ।
प्रतियोगिता अघि बिहिबार भएको प्रिम्याच कन्फरेन्समा साफको लागि टिमको तयारी राम्रो भएको प्रशिक्षक हरीओम श्रेष्ठको भनाई छ । उनले छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने र प्रतियाेगितामा को बलियो भन्ने कुरा हामी बाेलेर भन्दा खेलेर प्रमाणित गर्ने बताएका थिए ।
नेपालले दाेस्राे खेल मंगलबार बङ्गलादेश विरूद्द खेल्नेछ ।