१०० वर्ष पुगेका राष्ट्रकविलाई भेटिन् राष्ट्रपतिले | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

१०० वर्ष पुगेका राष्ट्रकविलाई भेटिन् राष्ट्रपतिले

rastra kavi ghimire

काठमाडौं,७ असोज । एक सय वर्ष पुगेका राष्ट्रकवि माधव घिमिरेलाई उनकै निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेकी छन् ।
राष्ट्रपति भण्डारी फूलको बुकी बोकेर राष्ट्रकविलाई भेट्न गएकी थिइन् ।

एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेले निवासमा पूजापाठ पनि गरेका छन् । उनलाई एकसयौं जन्मदिनको शुभकामना दिन आफन्त, छिमेकी र शुभचिन्तकहरु पनि लैनचौरस्थित उनको निवासमा भेला भएका छन् ।