मालदिभ्समा नेपाली युवतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

मालदिभ्समा नेपाली युवतीको मृत्यु

death mahila

भद्रपुर, ६ असोज। झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स जानुभएकी उहाँको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिए ।

सङ्गीताको शव आज बिहान घर ल्याईपुर्याएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताए ।

मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स जानुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);