साउन र भदौं महिनामा मात्रै एक सय २० अर्ब राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २२ २०८१, बिहीबार

साउन र भदौं महिनामा मात्रै एक सय २० अर्ब राजस्व संकलन

money

काठमाडौं, २ असोज । सरकारले श्रावण र भदौं महिनामा मात्रै एक सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको छ । सरकारले गत वर्षको तुलनामा असार र श्रावण महिनामा मात्रै ३७ प्रतिशत बढि १ सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको हो । मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. युवराज खतिवडाले दुई महिनामा गत वर्षको भन्दा ३७ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको जानकारी दिए ।

उनले राजस्व संकलनका लागि सरकारले करको दायरा बढाउने नीति लिएको पनि स्पष्ट पारे । करको दायरा बढाउने र करमैंत्री कार्यालयको स्थापना गरेर राजस्व संकलनको कामलाई सहज बनाउने काम सरकारले गरिरहेको अर्थमन्त्री खतिवडाको दावी छ । सरकारले कर असुलीलाई सहज बनाउन ११ वटा थप कर कार्यालय नै स्थापना गरेको छ ।

अर्थमन्त्री खतिवडाले स्थानीय तहमा देखिएको करसम्बन्धि समस्या समाधान हुँदै गएको दावी गरेका छन् । उनले घरजग्गामा लगाइएको कर घटाउन लागिएको बताए । ‘केही नेपाल ऐन’ संशोधन गरेर घरजग्गामा लगाइएको करको दर घटाउने अर्थमन्त्री खतिवडाको योजना छ । अर्थमन्त्री खतिवडाले कानुन विपरित कर नलिन आवश्यक व्यवस्था गरिएको बताए ।

अर्थमन्त्री खतिवडाले अमेरिकी डलरको तुलनामा अन्य देशको मुद्राको अवमूल्यन भएपनि नेपाललाई त्यसले तत्काल असर नपार्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);