घाटामा रहेको विद्युत् प्राधिकरण, सबैभन्दा बढी भत्ता दिने सरकारी निकाय | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

काठमाडौँ, ८ भदौ । नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूले आफ्नो बैठक भत्ता आफैंले बढाएका छन्।ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा बसेको समिति बैठकले सञ्चालकहरूको भत्ता २५ सयबाट ३६० प्रतिशत बढाएर ९ हजार रुपैयाँ पुर्‍याएका हुन्।

 

अध्यक्ष तथा सञ्चालकहरूले गत फागुन ११ को बैठकबाट भत्ता बढाएर त्यसपछिका हरेक बैठकमा सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा सदस्यसचिव र आमन्त्रित सदस्यले ९ हजारका दरले बैठक भत्ता लिन थालेका छन्।

 

प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसहित ७ सदस्य छन्। घाटामा रहेको प्राधिकरण आफ्ना सञ्चालक समितिका पदाधिकारीलाई सबैभन्दा बढी भत्ता दिने सरकारी निकाय भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);