घटनाको छानवीन गर्न संसदीय समिति गठन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

घटनाको छानवीन गर्न संसदीय समिति गठन गर्न माग

rajapa

काठमाडौं, ३१ भदौ । राष्ट्रिय जनता पार्टी, नेपालले प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादवको घटनाको छानवीन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद चन्दा चांैधरीले प्रहरी नियन्त्रणमै मृत्यु भएका यादवको घटनाको तथ्यतथ्य छानवीन गर्न संसदीय समिति गठन गर्न माग गरेकी हुन् । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालोझण्डा देखाउने क्रममा पक्राउ परेका यादवको प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएको थियो ।

सांसद चौंधरीले निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरे । उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा रेडलाईट एरिया तोकेर कर असुली गर्ने भनि दिएको अभिव्यक्तिले महिलाहरुको बेइज्जत गरेको भन्दै आपत्ति जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);