विप्लवसहित सबै असन्तुष्ट पक्षलाई वार्तामा आउन सरकारकाे आह्वान | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

विप्लवसहित सबै असन्तुष्ट पक्षलाई वार्तामा आउन सरकारकाे आह्वान

काठमाडाैं, २५ भदाै । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।

सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्तामा आउन औपचारिक आग्रह गरेको हो । सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले असन्तुष्ट एवम् द्वन्द्वरत सम्पूर्ण पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् ।

उनले कुनै पनि असहमति, विवाद र द्वन्द्वलाई वार्ताकै माध्यामबाट टुंगो लगाउन सरकारले वार्ता टोली नै गठन गरेको बताए ।

गत भदौं ८ गते बसेको मन्त्रीपरिषद बैठकले द्वन्द्वरत र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता पाण्डेयको नेतृत्वमा ५ सदस्यीय अधिकार सम्पन्न राजनीतिक वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीले सिंहदरबार भित्रै कार्यालय स्थापना गरी आफ्नो कामलाई सुरु गरेको छ । संयोजक पाण्डेयले गृह मन्त्रालयसँग समन्वय गरेर समितिले आफ्नो काम सुरु गरिसकेको जानकारी दिए ।

समितिले द्वन्द्वरत र असन्तुष्ट पक्षलाई पहिचान गर्न शान्ति प्रक्रियासँग सम्बन्धित विगतका समितिहरुसँग पनि आवश्यक परामर्श लिइसकेको छ ।

वार्ता टोललाई संक्रमणकालीन परिवेशमा भएका मधेश आन्दोलन लगायतका अन्य आन्दोलन र सरोकारवाला पक्षसँग नेपाल सरकारको तर्फबाट वार्ता गरी सहमति, सम्झौता, समझदारीका विषयमा अध्ययन, विश्लेषण गरी कार्यान्वयनका गर्नका लागि आवश्यक सुझावहरु तय गर्ने कार्यादेश दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);