काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि भेदभाव गरिरहेको आरोप लगाएका छन् ।
उपसभापति निधिले सरकारले विपक्षी पार्टीमा आस्था राख्ने कर्मचारीलाई आतंकित पार्ने काम गरेको भन्दै आपत्ति जनाए ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारका लागि आवश्यक प्रशासनिक संरचना समेत नबनाएको भन्दै सरकारको चर्को आलोचना गरे ।
उपसभापति निधिले निजामती कर्मचारीहरुको उचित व्यवस्था गर्न पार्टीले सक्दो पहल गर्ने आश्वासन दिए ।