काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडूले कञ्चनपुर घट्नाका दोषीलाई छिटो भन्दा छिटो कारर्वाही गर्न सरकारसंग माग गरेका छन् ।
नेपाल प्रेस यूनियन कञ्चनपुर शाखाले, सोमवार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता वडूले घटना लुकाउन तलैसम्म षड्यन्त्र भईरहेको भन्दै दोषीलाई कारर्वाही गर्न सरकारसंग माग गरे । उनले घटनाका विषयमा सहि ढंगले छानबिन नभए आन्दोलनमा जाने समेत चेतावनी दिए ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एव सांसद वीर बहादुर बडायरले निर्मलाको बलात्कार पछि हत्या मानव समाजकै लागि अत्यन्तै दुखद भएको बताए । उनले घटनापछि उत्पन्न परिस्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अन्धाधुन्द गोली र अश्रुग्यास प्रयोग गरेको समेत आरोप लगाए ।
निर्मला पन्त हत्याकाण्डको विषयमा बुझ्न केन्द्रीय सदस्यद्धय वडायर र बडू सहितको टोली कञ्चनपुर आएको छ । उनीहरुले आइतबार नै पन्तको परिवार, प्रहरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीसंग भेटेर घटनावारे जानकारी लिएका छन् ।