रसुवागढी-काठमाडौं रेलमार्ग बनाउन अझै ९ वर्ष लाग्ने | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

रसुवागढी-काठमाडौं रेलमार्ग बनाउन अझै ९ वर्ष लाग्ने

rail

काठमाडौं, ३ भदौ । केरुङ काठमाडौं रेलमार्गअन्तरगत नेपालभित्रको रसुवागढी काठमाडौं रेलमार्ग खण्ड निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । चीनले तयार गरेको प्रारम्भिक सम्भाव्यता रिपोर्टमा यो रेलमार्ग पुरा हुन ९ वर्ष समय लाग्ने उल्लेख छ ।

रेल विभागका बरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायकाअनुसार यो रेलमार्ग करिब ७२.२५ किलोमिटरको हुनेछ । यसअनुसार एक किलोमिटरमा सरकारले ३ अर्ब ५५ करोड खर्चिनुपर्ने अवस्था देखिएको उपाध्यायले बताए । यो रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले झण्डै ९९ (९८ं.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्नेछ । चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको रिपोर्टमा यो विषय उल्लेख छ ।

रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो । गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन गर्नेबारे सम्झौता गरेर फर्किएको थियो । त्यसलगत्तै जेठबाटै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो ।

भौगोलिक कठिनाइ रहेकाले रिपोर्टले प्राविधिक रुपमा अधिकांश क्षेत्रमा पुल र टनेल निर्माण गर्न सिफारिस गरेको छ । यसअघि स्थलगत अध्ययनमा आएको चिनियाँ टोलीले केरुङ काठमाडौं, काठमाडौं,पोखरा र काठमाडौं, लुम्बिनी रेलमार्ग निर्माण सम्भव रहेको बताइसकेको थियो । चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ । हाल चीनतर्फ ल्हासा सिगात्से रेलमार्ग निर्माणाधीन छ । र, त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ । उक्त मार्गलाई चीनको सहयोगमा काठमाडौंसम्म जोड्ने योजना छ । अब दुई सरकारका बीचमा रेलमार्ग कुन लगानी मोडालिटीमा बनाउने भन्नेबारे छलफल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);