धकेलिँदै कांग्रेस महासमिति बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

धकेलिँदै कांग्रेस महासमिति बैठक

nepali congress

काठमाडौं, २ भदौ । कांग्रेसको विधानले भन्छ– वर्षमा एक पटक महासमिति बैठक गर । १३औं महाधिवेशनबाट सभापति चुनिएका शेरबहादुर देउवाको कार्यकाल २ वर्ष ४ चार महिना बित्यो । तर, उनले एक पटक पनि महासमिति बैठक डाकेका छैनन् ।

स्थानीय तह, प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचनमा पार्टी नराम्ररी पराजित भएपछि कांग्रेसमा नेतृत्व परिवर्तनको मुद्दा चर्कोसँग उठ्यो । महासमिति बैठकदेखि अग्रिम र विशेष महाधिवेशनसम्मका मुद्दा सडकमा आए । तर, देउवाले महाधिवेशन होइन, महासमिति बैठकसमेत धकेल्दै लगेका छन् ।

‘देउवा भनेका जब्बर मान्छे हुन् । तपाईंहरू शीघ्र र विशेष महाधिवेशनको कुरै नगर्नुहोस्, नियमित महाधिवेशन समयमै गराउन लाग्नुभयो भने ठूलो जित हुन्छ,’ वैशाखको केन्द्रीय कार्यसमितिको बैठकमै नेता प्रदीप गिरीले भनेका थिए । गिरीले भनेजस्तै देउवा अहिले आफ्नो प्रतिकूल हुने माग सुन्न तयार छैनन् । न त पार्टीलाई पुनर्जागरण दिने योजनामा छन् । वैशाख १६ को केन्द्रीय कार्यसमिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरे पनि देउवाले आफ्नो स्वार्थमा पछि धकेल्दै छन् ।

यसमा देउवाका मुख्य दुई उद्देश्य निहित छन् । पहिलो, उनी महासमिति ढिलो गराई १४ औं महाधिवेशन एक वर्ष पछि धकेल्न चाहन्छन् । अर्को, निर्वाचनमा पराजयपछि संस्थापनइतर पक्ष उनीविरुद्ध आक्रोशित र संगठित छ । उक्त पक्षले निर्वाचन हार्नुको मुख्य कारणमा सभापति देउवाको पार्टी र सरकार सञ्चालनको कार्यशैलीलाई मुख्य कारण मान्दै आएको छ । देउवा त्यसलाई मत्थर पार्दै लैजाने र आफू अनुकूल परिस्थिति बनेपछि मात्रै महासमिति बैठक बोलाउने रणनीतिमा रहेको कांग्रेसका एक नेता बताउँछन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);