जनकपुर, १९ साउन । सडक निर्माणको माग गर्दै जनकपुर उपमहानगरपालिका–२० का वडाअध्यक्षको नेतृत्वमा शनिवार जनकपरमा चक्काजाम भएको छ ।
वडाअध्यक्ष भोगेन्द्र झाको नेतृत्वमा जनकपुर जटही सडकखण्ड अन्तर्गत जनकपुर उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा सडक निर्माणको माग गर्दै चक्काजाम गरिएको हो ।
जनकपुर जटही ६ लेनको सडक निर्माण कार्य सुस्त गतिमा भईरहेकोले आफूहरु चक्काजाम गर्न बाध्य भएको वडाअध्यक्ष झाले बताए ।
पटक–पटक सम्बन्धित निकायमा लिखित तथा मौखिक रुपमा सडक निर्माणका लागि अनुरोध गरियता पनि कुनै पहल नभएको वडाअध्यक्ष झाको आरोप छ । आफूहरुको माग सम्बोधन नभए चक्काजाम जारी राख्ने चेतावनी दिइएको छ ।




