काठमाडौं, १९ साउन । फोटो पत्रकारहरुको संस्था पि जे क्लबले राजधानीमा गरेको फोटो प्रर्दशनीमा उल्लेख्य भीड लागेको छ । राजधानीको बबरमहल स्थित आर्ट काउन्सिलमा जारी फोटो प्रर्दशनी अवलोकनका लागि बालबालिका, प्रौढ देखि सबै उमेर समुहका पुगेका छन् ।
गत बुधबार देखि जारी फोटो प्रर्दशनीमा शनिबार तुलनात्मक रुपमा अवलोकन कर्ताको भीड बढेको छ । प्रर्दशनीमा मुलुकभरका फोटो पत्रकारले खिचेका १ सय ६० वटा फोटो राखिएको छ।
पि जे क्लबका उपाध्यक्ष शालिकराम तिवारीले बन्यजन्तु, प्रकृति, समाचार, खेलकुद, संस्कृति, दैनीक जीवनशैली तथा खुसीका क्षणहरु कैद गरिएका तस्वीरहरुहले अवलोकनकर्तालाई सबै किसिमको मनोरञ्जन दिने बताए । राजधानी पछि सबै प्रदेशमा फोटो प्रर्दशनी आयोजना गर्ने लक्ष्य क्लबले लिएको छ ।