काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराको भूमिकाप्रति असन्तुष्ट बनेको कांग्रेसले आगामी रणनीति बनाउन दलको बैठक बोलाएको हो ।
सिहंदरबारस्थित संसदीय दलमा शनिबार केहीबेर अघि सुरु भएको बैठकले सदनमा आफ्नो उपस्थिति कस्तो बनाउने भन्नेमा ठोस निर्णय गर्ने बताईएको छ । बैठक शुक्रबार पनि बसेको थियो ।




