शुक्रबारदेखि एस ५ रुटमा ठूला बस, विस्थापित हुँदै टेम्पो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

शुक्रबारदेखि एस ५ रुटमा ठूला बस, विस्थापित हुँदै टेम्पो

bus gadi

काठमाडौं, १८ साउन । रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ ।

यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट लगायत प्रक्रिया मिलाइसकेपछि बस सञ्चालनमा आउने भएको छ । एस ५ रुट अन्तर्गत नयाँ बसपार्क(रत्नपार्क)सिनामंगल रुटमा रहेको टेम्पो विस्थापित गरी ठूला सार्वजनिक यातायत सञ्चालन हुन लागेको हो ।

सरकारले मास ट्रान्सपोर्टलाई प्राथमिकता दिने गरी काठमाडौं उपत्यकामा कायम रहेको करिब २ सय सवारी रुटलाई ६६ वटामा सीमित गर्ने योजनाअन्तर्गत पहिलोपटक एस ५ रुट कार्यान्वयन हुन लागेको हो ।

उपत्यकाम हाल करिब ३ सय संघ संस्था समिति मातहतमा १०/१२ हजार सवारी दर्ता भइ सञ्चालन हुँदै आएका छन् । समाचार आजको कारोबारमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);