इन्टरनेटमा बढाइएको कर फिर्ता | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

इन्टरनेटमा बढाइएको कर फिर्ता

internet price

काठमाडौं, १० साउन । सरकारले इन्टरनेटमा बढाएको कर फिर्ता लिएको छ । साउन १ गतेदेखि इन्टरनेटमा बढेको १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क फिर्ता भएको हो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार मिश्रको नेतृत्वमा गठित इन्टरनेट सेवाको मूल्य समायोजन सिफारिस समितिको बैठकले फिर्ता गर्ने निर्णय गरेको सदस्यहरुले बताएका छन् ।

‘दुरसञ्चार सेवा शुल्क बढाउँदा इन्टरनेट शुल्कमा पनि वृद्धि हुने भन्दै सिफारिस समितिले नयाँ व्यवस्थालाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

यसैगरी इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरणहरुको बिक्रीमा छुट्टै बिलिङ गर्न सकिने र सो बिक्रीमा टीएसी नलाग्ने निर्णय पनि समतिले गरेको छ ।

इन्टरनेट सेवा प्रदायकहरुले प्रयोग गरी रहेको नेपाल विद्युत प्राधिकरणको ओपीजीडब्लु र पोलहरु हालको शुल्कमा कुनै पनि वृद्धि गर्न प्राधिकरणसँग अनुरोध गर्ने निर्णय पनि समितिले गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);