सबै राष्ट्रहरु मिलेर सम्पत्ति सुद्धिकरण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

सबै राष्ट्रहरु मिलेर सम्पत्ति सुद्धिकरण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

yubraj khatiwoda

काठमाडौं, ८ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले आतंककारी गतिविधिबाट आर्जित सम्पत्तिलाई नेपालमा भित्र्न नदिन सरकारले कडाई गरिरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एशीया प्यासिफिक क्षेत्रको सम्पत्ति सुद्धिकरणसम्बन्धि २१ को वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले एशीया प्यासिफिक क्षेत्रका सबै राष्ट्रहरु मिलेर सम्पत्ति सुद्धिकरण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले सम्पत्ति सुद्धिकरणको अभियानलाई प्रभावकारी बनाउन नेपाल सरकारले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न जोड दिएको पनि स्पष्ट पारे ।

उनले नेपाल सरकारले सम्पत्ति सुद्धिकरणकै लागि सुशासनमा जोड दिएको बताए । अर्थमन्त्री खतिवडाले नयाँ–नयाँ प्रविधिको उपयोग गरेर सम्पत्ति सुद्धिकरण अभियानलाई सफल बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । एशीया प्यासिफिक क्षेत्रका सम्पत्ति सुद्धिकरणका क्षेत्रमा कार्यरत विज्ञहरु सहभागी भएको सम्मेलनले अवैधानिक ढंगले हुने आर्थिक कारोबारलाई निष्तेज पार्न ठोस धारणा तय गर्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);