कञ्चनपुर, २ साउन । कञ्चनपुरका अटो व्यवसायी आन्दोलित भएका छन् । भीमदत्त नगरपालिकाले नगरपालिका भित्रैका विभिन्न ठाँउ ठाँउमा कर लिन लागेको भन्दै अटो व्यवसायी आन्दोलित भएका हुन् ।
आन्दोलित व्यवसायीले नगरपालिका कार्यालय घेराउ समेत गरेका छन् । उनीहरुले जथाभावि कर नउठाउन नगरपालिकासँग माग गरेका छन् ।
अटो व्यवसायीले महेन्द्रनगर–झोलुङ्गेपुल सम्मको भाडा प्रति यात्रु ५० रुपैया लिने गरेका छन् । भाडा भन्दा कर बढि तिर्नुपरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।