मुक्तकमैया घोषणा गरेको १८ वर्ष पुग्दा पनि पुनःस्थापना भएन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

मुक्तकमैया घोषणा गरेको १८ वर्ष पुग्दा पनि पुनःस्थापना भएन

kamaiya

श्रवण देउवा
कैलाली, २ साउन
। सरकारले मुक्तकमैया घोषणा गरेको १८ बर्ष बित्यो । तर मुक्तकमैयाले पुनःस्थापना नहुँदा कष्टकर भएको गुनासो गरेका छन् । बिहान बेलुकाको छाक टार्न कठिन भएको भन्दै उनीहरुले तत्काल पुनःस्थापना गर्न माग गरेका छन् ।

२०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । कमैया मुक्तिको घोषणा गरेको १८ बर्ष बित्यो । तर मुक्तकमैयाको समस्या जस्ताको त्यस्तै छ । सरकारले पुनःस्थापना नगर्दा उनीहरु सरकारी जग्गा, बाँझो जमिन, वन क्षेत्रमा झुप्रो बनाएर बस्न बाध्य छन् । बिहान बेलुकाको छाक टार्न र बालबालिकालाई पढाउन कठिन भएको मुक्तकमयाहरुले गुनासो गरेका छन् ।

कैलालीमा जग्गा पाउनु पर्ने ८ हजार ९ सय १० परिवार मुक्त कमैया रहेका थिए । आर्थिक वर्ष २०७४-०७५ सम्म आठ हजार २ सय ५५ परिवारको पुनःस्थापना भएको छ । ४ सय ८२ परिवारको पुनःस्थापना हुन बाँकी रहेको कमैया प्रथा उन्मुलन समाजकी अध्यक्ष बसन्ती चौधरीले बताए । उनका अनुसार ४ सय ४० परिवारको सट्टाभर्ना गर्न मन्त्रालयमा सिफारिस गरिएपनि मन्त्रालयबाट स्वीकृत भएको छैन ।

जग्गा पाउने मध्ये १ सय ७३ मुक्त कमैया परिवारको परिचयपत्र रद्द गरिएको छ । अन्य जिल्लामा पनि मुक्तकमैयाको पुनःस्थापनाको काम भइरहेको सरोकारवालाले बताएका छन् ।

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ गरी पाँच जिल्लामा परिचयपत्र पाएका ३२ हजार ५सय मुक्त कमैया रहेका छन् । जसमध्ये जग्गा प्राप्त गर्न योग्यको संख्या २७ हजार ५ सय रहेको छ । मुक्तकमैयाहरुले तत्काल पुनःस्थापना गर्न सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);