बजेट र जनशक्ति थप गरिदिन महिला आयोगको माग | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

बजेट र जनशक्ति थप गरिदिन महिला आयोगको माग

काठमाडौं, २४ असार । राष्ट्रिय महिला आयोगले बजेट र जनशक्ति थप गरिदिन सरकारसँग माग गरेको छ । आयोगका सचिव अनिलकुमार ठाकुरले आयोगको कामलाई प्रभावकारी बनाउन पर्याप्त बजेट र आवश्यक जनशक्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनँले संवैधानिक व्यवस्था अनुसार आयोगले रणनीतिक योजना तयार पार्न लागिएको जानकारी दिए । आयोगले संघीय ढाँचा अनुसार आयोगको संरचनाहरु तय गर्न ढिलाई नगर्ने स्पष्ट पारेको छ ।

आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउन सूचना तथा अनुसन्धान केन्द्रको स्थापना गर्ने योजना बनाएको छ । सचिव ठाकुरले स्थानीय तहमा पनि आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक समितिहरु निर्माण गर्ने योजना अघि सारे ।

राष्ट्रिय महिला आयोगले महिला हिंसा विरुद्धको अभियानलाई सशक्त बनाउन सबै स्थानीय तहमा आवश्यक सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);