एजेन्सी, २२ असार । पाकिस्तानको एउटा अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियमलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
अदालतले शरीफलाई दश वर्ष र मरियमलाई सात वर्षको जेल सजाय सुनाएको छ । अदालतले मरियममाथि २० लाख पाउन्डको जरीबाना पनि गरेको छ ।
सजाय सुनाइएपछि मरियम निर्वाचनका लागि पनि अयोग्य भएकी छन् । पाकिस्तानमा जुलाई २५ मा निर्वाचन हुँदैछ । मरियम लाहौरको सीट एनए १ सय २७ बाट निर्वाचन लड्ने तयारीमा थिइन् । अदालतले मरियमका पति क्याप्टेन सफदरलाई पनि एक वर्षको सजाय सुनाएको छ । अदालतले एवेनफील्ड अपार्टमेन्ट जफत गर्नसमेत आदेश दिएको छ ।