काठमाडौंको भृकुटीमण्डपमा बृहत शैक्षिक मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

काठमाडौंको भृकुटीमण्डपमा बृहत शैक्षिक मेला सुरु

edu fair

काठमाडौं, २२ असार । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा बृहत शैक्षिक मेला सुरु भएको छ । उच्च शिक्षा अध्ययनका लागि आवश्यक जानकारी दिने उद्देश्यका साथ बृहत शैक्षिक मेला आयोजना गरिएको हो ।

३ दिनसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी गरी एक सय १० भन्दा बढि विश्वविद्यालय र शैक्षिक संस्थाहरुबाट जानकारी दिने व्यवस्था गरिएको छ । मेलाको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि अधिकारीले यस्ता खालका मेला देशका विभिन्न भाग र विदेशमा समेत आयोजना गर्नुपर्नेमा जोड दिए ।

मेलामा अध्ययनका लागि कुन कलेजका कस्ता खालका सुविधा र पाठयक्रमबारे पनि जानकारी लिने व्यवस्था गरिएको आयोजक संस्थाका प्रतिनिधि रमेश जोशीले बताए । मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । मेलामा शैक्षिक ऋण र विद्यार्थी लक्षित विमाबारे पनि जानकारी दिने स्टल राखिएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);