कांग्रेसले संसदीय समिति र सवैधानिक निकायमा अंश खोज्यो : मन्त्री तामाङ | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

कांग्रेसले संसदीय समिति र सवैधानिक निकायमा अंश खोज्यो : मन्त्री तामाङ

काठमाडौं, १६ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति र संबैधानिक निकायमा अंश खोजेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री तामाङले सत्ता बाहिर बस्नुपर्दा कांग्रेसी नेताहरुमा छटपटी बढेको र संबैधानिक नियुक्तिको लागि अंश खोज्न थालेको बताए।

मन्त्री तामाङले भने “संवैधानिक नियुक्ती गर्नको लागि संसदीय समिति किन बन्न सकेन ? यसको कारण हो कांग्रेसले भाग खोज्नु, उसलाई विभिन्न समितिका सभापति चाहिएको छ ।” मन्त्री तामाङले कांग्रेसकै कारण संसदीय सुनुवाई समिति गठन हुन नसकेको बताउ । उनले अंश खोज्ने हो भने सरकारमा सहभागी हुन नेपाली कांग्रेसलाई आग्रह गरे ।

उनले लोकतन्त्र विरोधी कुरा गर्ने नेपाली कांग्रेस प्रतिपक्षी दलको हैसियतमा नभएको बताए । मन्त्री तामाङले कांग्रेसले आफ्ना सांसदहरु सबैलाई एउटै समितिमा राखिदेउ भन्दै अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);