चितवन, ७ असार । चितवनको माडी नगरपालिकामा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा पर्यटकको संख्या बढेको छ । २०७२ सालबाट स्थानीय व्यबसायी र सामाजिक अभियान्ताको सक्रियतामा होमस्टे संचालन गरिएको हो ।
होमस्टे संचालनमा आएपछि सो क्षेत्रका स्थानीयले रोजगार पाएका छन् । विगतकामा जंगली जनावरले सताउने गरेको सो गाँउमा अहिले त्यही जनवाराको अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् ।
अहिलेसम्म ८ हजार पर्यटक सोमस्टेमा पुगेका छन् । चितवनको माडीमा बाघ, भालु गैडा, हात्ती, जरायो चराचुरुङ्गीको अवलोकनको महत्वपुर्ण मान्निछ ।