काठमाडौं, ३ असार । समूह डी अन्र्तगत भएको विश्वकप खेलमा नवप्रवेशी आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीमा रोकेको छ । आइसल्याण्डले अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोकेको हो ।
अर्जेन्टिनाका लागि सर्जियो अगुरोले खेलको १९ औं मिनेटमा गोल गरेका थिए । तर त्यसको चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्कायो । फिन बोग्सनल २३ औं मिनेटमा गोल फर्काएकामा त्यसपछिको बाँकी समय दुवै टोलीका तर्फबाट गोल हुन सकेन ।
स्टार स्ट्राइकर लिओनल मेसी पेनाल्टीको अवसरमा गोल गर्न चुके । मेसीको पेनाल्टी प्रहारलाई आइसल्याण्डका गोलकिपरले बचाए । आइसल्याण्डका गोलकिपर हानेस हलडर्सनले अर्जेन्टिनाका ७ वटा प्रहार बचाएका थिए ।