काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा सरकारको लक्ष्य अनुसार ८ प्रतिशत आर्थिक बृद्धि हुने दाबी गरेका छन् । स्थायी सरकार नै आर्थिक बृद्धिदर ८ प्रतिशत पुर्याउने मुख्य आधार भएको गर्भनर नेपालको भनाइ छ ।
गभर्नर नेपालले प्रदेश र स्थानीय तहमा पनि आर्थिक गतिविधि बढ्ने भएकाले मुलुकको आर्थिक वृद्धिदर बढोत्तरी हुँदै जाने बताए । प्रदेश र स्थानीय तहमा आर्थिक गतिविधिको अत्याधिक माग भएकाले पनि पूँजीगत खर्च बढाउन समस्या नहुने उनको भनाइ छ ।