सरकारले अहिलेसम्म ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ: राष्ट्र बैंक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारले अहिलेसम्म ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ: राष्ट्र बैंक

rastra bank

काठमाडौं, २६ बैशाख । नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवी नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिनु भएको हो । संघीय संसदको अर्थ समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा उहाँले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । मुलुकमा हाल ७ खरव ८७ अरव व्यापार घाटा रहेको छ । गभर्नर नेपालले विप्रेशनको भर नपर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

गभर्नर नेपालले मुलुकमा आर्थिक गतिविधिलाई बढावा दिन पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । चालू आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । गभर्नर नेपालले पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);