चार दिनअगावै भित्रियो मनसुन | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

चार दिनअगावै भित्रियो मनसुन

moonson

काठमाडौं, २६ जेठ । यसपटकको मनसुन गत वर्षभन्दा ४ दिनअगावै नेपाल भित्रिएको छ। अंग्रेजी महिनाको जुन १० तारिखमा नेपाल भित्रिने मनसुन गत वर्ष २ दिन ढिलो नेपाल प्रवेश गरेको थियो भने यसपटक छिट्टै भित्रिएको छ।

शुक्रबार बिहान पूर्वी भेगको झापा र आसपासका जिल्लामा मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘यसपटक मौसमी क्यालेन्डरभन्दा अघि नै मनसुन भित्रिएको छ’, महाशाखाका मौसमविद् सुवास रिमालले भने – ‘मनसुुनी वायु मध्यमस्तरको भएकाले देशैभर फैलिन भने केही दिन लाग्नेछ।’

गत वर्ष जुन १२ मा भित्रिएको मनसुन सन् २०१६ मा ५ दिन ढिलो गरी शुरू भएको थियो। त्यसै गरी २०१५ मा ३ दिन र २०१४ मा १० दिन ढिलो गरी शुरू भएको थियो। मनसुन बंगालको खाडी दक्षिण भारत हुँदै क्रमशः म्यानमार, भारतकै कोलकाता, सिक्किम, बंगलादेश हुँदै मुलुकको पूर्वी भेगबाट भित्रिने गर्छ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप)ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरू हुने ‘मौसमी क्यालेन्डर’ तय गरेको छ।

यसपटक त्यहाँ ४ दिनअगावै गत मे २६ तारिख (जेठ १२) मा सक्रिय बनेको मनसुन क्रमशः अन्यत्र फैलिएको थियो। साधारणतया अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मको ४ महिनालाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ। करिब ४ महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतका वर्षा हुने जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);